सनीको ‘सरप्राइज’, जुनियर इञ्जिनियर पदको परीक्षामा टप !

काठमाडौं, ९ फागुन – व्यस्क चलचित्र हुँदै बलिउड चलचित्र क्षेत्रमा छिरेकी सनी लियोनीलाई नचिन्ने मानिस शायदै होलान् । उनै सनीको नाममा अर्को ‘सरप्राइज’ को समाचार बाहिरिएको छ ।

भारतको बिहारको लोक स्वास्थ्य अभियन्त्रण विभागले लिएको जुनियर इञ्जिनियरिङको परीक्षामा ‘सनी लियोनी’ ले टप नतिजा निकालेकी छिन् । उनी अभिनेत्री सनी लियोनी भने होइनन् । तर पनि यसमा सनी लियोनी पनि जोडिन आइपुगेकी छिन् । विभागमा आवेदन दिने १७ हजार आवेदकमध्ये ‘सनी लियोनी’ नाम गरेकी आवेदकले डिप्लोमामा प्राप्त गरेको अंकका आधारमा उनलाई शीर्ष स्थानमा राखिएको हो ।

तर विभागले सनी लियोनी नाम गरेको आवेदक सही हो कि नक्कली हो भनेर शैक्षिक प्रमाणपत्रहरु भेरिफिकेसनपश्चात मात्रै पत्ता लाग्ने बताएको छ । जन्ममिति मे १३, १९९१ उल्लेख गरिएको सनी लियोनीले डिप्लोमामा ९८.५० प्रतिशत हासिल गरेको प्रमाणपत्र उल्लेख गरेको विभागका सहसचिव अशोक कुमारले बताएका छन् ।

सामाजिक सञ्जालमा समाचार भाइरल बनेसँगै अभिनेत्री सनी लियोनीले ट्वीट गर्दै रमाइलो गरेकी छिन् । उनले लेखेकी छिन्, हाहा, म निकै नै खुशी छु कि अर्की सनीले यति राम्रो अंक हासिल गरेकी छिन् ।’

ads

ads