अज्ञात समूहले गरे ज्ञानेन्द्र शाहीमाथी आक्रमण, उपचारका लागि काठमाडौं लगियो

चितवन : सामाजिक सञ्जालमा विभिन्न अभियान चलाएर चर्चामा आएका ज्ञानेन्द्र शाहीलाई अज्ञात समूहले आक्रमण गरेको छ। चितवनको चौबिसकोठी होटलबाट निस्कदै गर्दा उनी सवार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएका हुन्।

शाहीलाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ। उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।

प्रहरीले उनलाई उद्धार गरि चितवन मेडिकल कलेजमा उपचार गरि थप उपचार र सुरक्षाका लागि काठमाडौ पठाईएको जानकारी दिएको छ । उनले नेपालका लागि नेपाली नामक चितवनको चौविसकोठीमा कार्यक्रम गर्न लागेका थिए । शाहीलाई यति एयरलाइन्स मार्फत अपरान्ह ३ः४० बजेका फ्लाईट मार्फत काठमाडौं लगिएको हो ।

उक्त ठाउँमा सभा गर्न प्रहरीले नदिएपछि फर्कन लागेका शाही सवार गाडीमा अज्ञात समूहले ढुंगा प्रहार गरेको थियो। ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फुटेको छ। केही दिनअघि नेपालगञ्जबाट आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिला गरेको भन्दै अभद्र व्यवहार गरेपछि उनको चर्को विरोध भएको थियो।

आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । उनको परिचय भने प्रहरीले गोप्य राखेको छ ।

ads

ads