मोटरसाइल र १८.५ किलो चाँदीसहित एक जना पक्राउ

जनकपुर । मोटरसाइकलको इन्धन बक्समा लुकाएर भारततर्फ लगिरहेको १८.५ किलो चाँदीसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बलको धनुषा कार्यालयबाट खटेको स्क्वाड टोलीले ज ७ प ५७७१ नम्बरको मोटरसाइकल र सोही मोटरसाइकलको ट्यांकीमा राखिएको चाँदीसहित महोत्तरी, पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोर्वा बस्ने ३० वर्षीय भरतकुमार साहलाई पक्रेको हो ।

जनकपुरबाट ग्रामिण क्षेत्रको घुमाउरो बाटो प्रयोग गरी प्रहरीको आँखा छलेर भारततर्फ जान लागेका राजेशलाई विशेष सुराकीको आधारमा जनकपुरधाम–२२, बसबिटीबाट पक्राउ गरेको टोली कमाण्डर इन्स्पेक्टर सुरेन्द्रकुमार झाले जानकारी दिए ।

सुन, चाँदी व्यवसायी संघले निर्धारण गरेको दर रेट अनुसार उक्त चाँदीको मूल्य १३ लाख ७९ हजार ८ सय ९६ रुपैयाँ रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल धनुषाका प्रमुख एसपी राजेश उप्रेतिले जनाए । मोटरसाइल र चाँदीसहित पक्राउ परेका भरतलाई कानुन बमोजिम कारवाहीको लागि जिल्ला भन्सार कार्यालय, धनुषामा जिम्मा लगाइएको छ ।

ads

ads