नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, थप ५५ जनाको मृत्यु

काठमाडौं बैशाख २१, बितेको २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् । यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो ।

ads

ads