अस्पताल चहार्दा चहार्दै बेड नपाएपछि लोकबहादुर परियार, घर फर्केपछि मृत्यु !

२१ वैशाख, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–४ का लोकबहादुर परियारलाई पछिल्लो पाँच दिन यता रुघाखोकीले सताएको थियो । ४५ वर्षीय लोकबहादुर परियारले उपचार नपाएरै ज्यान गुमाए। प्रादेशिक अस्पतालसहित केही निजी अस्पताल पनि चहारे । भर्ना भने कसैले लिएनन् ।

पछिल्लो पाँच दिनदेखि रूघाखोकी र ज्वरोले ग्रसित परियार घरमै सामान्य उपचार गराइरहेका थिए। नजिकै रहेको आरपी मेडिकल जान लागे । तर, त्यहाँ जाने क्रममा एक्कासी लडेर उनको मृत्यु भएको वडा सदस्य रामबाबु रवीदासले बताए । उनको शव लडेकै ठाउँमा रहेको छ । एम्बुलेन्स चालक रामबाबु महतोले बिरामी परियारलाई जनकपुरधामको प्रादेशिक अस्पताल पुर्‍याए। अस्पतालले बेड अभाव भन्दै बिरामीलाई भर्ना गर्न मानेन।

‘उहाँलाई अक्सिजनको कमी देखिएको थियो,’त्यहाँका चिकित्सकले उनको शरीरमा अक्सीजन मात्रा जाँच गरेका थिए। चेकजाँच गर्दा मृतक परियारको शरीरमा अक्सीजन मात्रा करिब ४० देखि ४५ मात्र रहेको बताएका थिए। चालक रामबाबु महतोले भने, ‘अक्सिजन हालेरै जनकपुरधामको जानकी हेल्थ केयर र रामजानकी अस्पताल लग्यौं । तर, ती दुवै अस्पतालमा रकम डिपोजिट गर्न भनेपछि परिवारले नै जम्मा गरेनन् ।’

यसपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम पनि लगिएको महतोले बताए । ‘त्यहाँ उनलाई भर्ना नै गरेनन,’ एम्बुलेन्स चालक महतोले भने, ‘भर्ना लिन नपाएपछि उहाँले घर छाडिदिन भन्नुभयो । र, मैले घर छाडिदिएँ ।’यता मृतकको शव अहिले पनि आरपी मेडिकल हलको बाहिरै छ।

ads

ads