कोरोना भाइरसका कारण आइपिएल २०२१ स्थगित

काठमाडौं, वैशाख २१ कोरोना भाइरसका कारण आइपिएल २०२१ स्थगित भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोरोना भाइरसको संक्रमण टिमहरूमा देखिन थालेपछि सिजनको आइपिएल स्थगित गर्ने निर्णय गरेको हो। आइपिएलअन्तर्गत मंगलबार हैदरावाद र मुम्बई इन्डियन्सबीच खेल हुँदै थियो।

बुधबारका लागि तय भएको चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्सबीचको खेल स्थगित भएको थियो। कोरोनाको असरलाई मध्यनजर गर्दै आइपिएलमा स्वास्थ्य मापदण्ड अपनाएर खेल हुँदै आएको थियो। खेलहरू दर्शकबिनाको रंगशालामा हुँदै आएका थिए।

ads

ads