नेपालले ओडिआई र टि२० आई दुबैमा एक एक स्थान सुधार


सोमबार, वैशाख २० अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को वार्षिक ओडिआई र टि २० आई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले सोमबार जारी गरेको नयाँ वरियतामा नेपालले ओडिआई र टि२० आई दुबैमा एक एक स्थान सुधार गरेको छ ।

आइसीसीको नयाँ बरियतामा नेपाल एक स्थान सुधार गरेर १३ औं स्थानमा उक्लिएको छ । पछिल्लो पटक घरेलु मैदानमा त्रिदेशीय क्रिकेट प्रतियोगिताको उपाधि जितेपछि नेपालले टी २० बरियतामा दुई स्थान सुधार गरेको हो । सो प्रतियोगिता जितेको दुई दिनमा नै १५ औं सथनबाट १४ औं मा पुगेको नेपाल अहिले १३ औंमा उक्लिएको छ ।

नेपाल टि२० आई वरियतामा १३ औं स्थानमा उक्लिएको छ । टि२० आई वरियतामा नेपाल एसियोसियट टोलीमा शीर्षस्थानमा छ ।नेपालको १९ खेलमा ३ हजार ५ सय ५६ अंक छ । रेटिङ अंक १ सय ८७ छ । त्यस्तै नेपालले ओडिआई वरियतामा एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ ।

ads

ads