नरेन्द्र मोदीले जित्न सकेन एउटा सिट पनि केरलामा, विजयनले रचे इतिहास

केरला, वैशाख २० एजेन्सी भारतको पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजा सार्वजनिक हुने क्रममा छ । पश्चिम बंगाल, आसाम, पाण्डुचेरी, तामिलनाडु र केरला राज्यमा विधान सभा चुनाव भएको थियो । बितेका ४० वर्षमा केरलावासीले कहिल्यै पनि एउटै सरकारलाई दुई कार्यकाल सत्ता चलाउन दिएका थिएनन्।

भारतको संविधानको धारा १६४ को उपधारा ४ अनुसार संसदको सदस्य नभएपनि बेनर्जी मुख्यमन्त्री हुन पाउनेछिन् । तर, ६ महिनामा हुने उप-निर्वाचनमा उनले जित्नुपर्ने हुन्छ । उपनिर्वाचन हारेमा उनले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने संवैधानिक बाध्यता छ । सपालि भने केरलामा त्यो शिलशिला दोहोरिएन। आइतबार भएकको विधान सभाको मतगणनामा सत्तारूढ एलडिएफले इतिहास रच्यो। अर्को पाँच वर्ष सत्ता चलाउनका लागि केरलाका जनताले फेरि त्यही गठबन्धनलाई चुने।

अहिलेसम्मको मत गणनाअनुसार सत्तारूढ एलडिएफले १४० मध्ये ९१ सिट जित्ने देखिएको छ। कंग्रेस नेतृत्वको युडिएफले ४० सिटमात्रै हात पार्ने भएको छ। अन्य साना दलले ९ स्थानमा जित्ने भएका छन्। भाजपाले मात्र होइन केरलामा उसको नेशनल डेमोक्रेटिक फ्रन्ट (एनडिए) गठबन्धनका कुनै दलले पनि एक सिट जित्न सकेका छैनन्। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत नेताहरू पटक-पटक गएर चुनावी प्रचार गरे पनि भाजपाले सन् २०१६ मा जितेको एउटा सिट पनि केरलामा यसपालि जोगाउन सकेन।

९ निर्वाचन क्षेत्रमा भाजपा उम्मेदवार दोस्रो भएका छन्। ‘सत्तारूढ गठबन्धनको जितले केरला धार्मिक रूपमा विभाजन गर्ने राजनीतिलाई अस्वीकार गर्छ भन्ने सन्देश दिन्छ,’ विजयनले भने,‘केरला भाजपा लागि होइन। गत चुनाव कंग्रेस र युडिएफको भोट क्रस भएकाले भाजपाले एक सिट जितेको थियो। हामीले भनेका थियौं-केरलामा भाजपाको खाता बन्द गरिदिन्छौं।’

ads

ads