श्रीवास्तव र अजय शाही मुख्यमन्त्री शंकर पोखरेलकै पक्षमा उभिए

२० वैशाख, बुटवल । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही मुख्यमन्त्री शंकर पोखरेलकै पक्षमा उभिएका छन् । २० वैशाख, बुटवल । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही मुख्यमन्त्री शंकर पोखरेलकै पक्षमा उभिएका छन् ।

यसअघि आइतबार यी दुई जना सांसदले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउनुपर्ने बताएका थिए। ‘२०७४ मंसिरमा सम्पन्न प्रदेशसभाको चुनावमा हामी सूर्यचिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य हौं,’ संयुक्त जारी विज्ञप्तिमा भनिएको छ, ‘सूर्य चिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य भएकाले हामी नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध छौं ।

उनले आफूहरूले एमाले संसदीय दलको बैठकमा सहभागिता जनाउने गरेको भए पनि सधैँ माइन्यूटमा स्वतन्त्र राजनीतिक समूह उल्लेख गर्ने गरेको बताएका थिए।

ads

ads