गायिका ईश्वरी बरालको नयाँ गीत खानदानी छोरी सार्वजनिक

काठमाडौं । गायिका ईश्वरी बरालको नयाँ गीत खानदानी छोरी सार्वजनिक भएको छ । गीतमा बरालको स्वर र राजेन्द्र भट्ट मिस्टर आरजेको ‍र्याप रहेको छ ।

भट्टको नै संगीत रहेको उक्त गीतका शब्द टुरिष्ट जङ्ग विकले लेखेका हुन् । गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन् ।

प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिक्स कमल थापा र किरण बिक हुन् भने, मिक्सिङ श्याम स्वेत रसाइलीले गरेका छन् । चोभारमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय रहेको छ ।

म्युजिक भिडियोमा र्‍यापर भट्टको अभिनय पनि देख्न पाइनेछ । इक्षिता, बिक्षिताको यो डेब्यु म्युजिक भिडियो हो ।

भिडियोलाई सान थापाले निर्देशन गरेका छन् । गायिका बरालको यस अघि सार्वजनिक भएको नरिसाउन होइ गीत चर्चामा छ ।

ads

ads