आजै मात्र ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, थप २७ जनाको मृत्यु

१९ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो। काठमाडौं उपत्यकामा भक्तपुरमा ३०१, ललितपुरमा ५५० र काठमाडौंमा २७४४ जना गरी ३५९५ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १६१२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ३ सय २५ पुगेको छ।

ads

ads