लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त

१९ वैशाख, बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवज्यूले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्ति जारी गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले आफ्नो नेतृत्वमानेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुखज्यू समक्ष दावी पेश गरेका थिए।

ads

ads