प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवासमा


१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् ।

लुम्बिनी प्रदेशलगायतमा देखिएका राजनीतिक घटनाक्रम, कोरोना महामारीलगायत विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री कार्यालयले भने नियमित भेटघाटका लागि शितलनिवास पुगेको जनाएको छ ।

ads

ads