‘फुलबुट्टे सारी’ गाएकी वियोन्सीले गाइन्, नयाँ नेपाली गीत ‘ल्यासे पाउ’

काठमाडौं, वैशाख १८ । केही समय अघि ‘फुलबुट्टे सारी’ को कभर गीत गायकी अफ्रिकी गायिका डी क्याप्टेन बियोन्सी फ्यामेसी अहिले फेरी चर्चामा आएकी छिन् ।

अहिले वियोन्सीले अर्को नेपाली गीत गाएकी छिन । संगीतकार राजनराज शिवाकोटीले वियोन्सलाई नयाँ गीत ‘ल्यासे पाउ’ गाउन लगाएका छन् । गीतमा वियोन्सेसँग राजनराजले समेत स्वर दिएका छन् ।

मन्दिरा ढुंगेलको शब्द रहेको गीतमा राजनले नै संगीत गरेका छन् । गीतको भिडियोमा राजन र वियोन्सेकै अभिनय देख्न सकिन्छ ।

राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ ।

 

ads

ads