महामारीमा भारतले राष्ट्रसंघको सहयोग लिन अस्वीकार

१६ वैशाख, काठमाडौं । कोभिड-१९को महामारीमा भारतले संयुक्त राष्ट्रसंघले प्रस्ताव गरे अनुसारको सहयोग नलिने निर्णय गरेको छ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसले भारतमा बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै अन्य मुलुकसँग भारतलाई सहयोग गर्न अपिल गरेका थिए । यद्यपि, भारतले भने राष्ट्रसंघको सहयोग लिन अस्वीकार गरेको हो ।

केही दिनअघि राष्ट्रसंघको सभाध्यक्षले भारतले धेरै देशहरुमा कोरोनाविरुद्धको खोप पुर्‍याउन सहयोग गरेको भन्दै अब सबै देशहरुले भारतलाई सहयोग गर्नुपर्ने बताएका थिए ।

भारतको व्यवस्था पहिलेदेखि नै मजबुत रहेको भन्दै सहयोग अस्वीकार गरेको हामीलाई जानकारी दिइएको छ,” भारतीय समाचार संस्था पीटीआईसँग हकले भने, “यद्यपि, हामी अझै सहयोगका लागि तयार छौँ ।” भारतमा कोरोना संकट निकै भयावह रहेको उल्लेख गर्दै उनले भारतको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन् ।

ads

ads