मोटरसाइकल दुर्घटना हुँदा कलंकीमा एकजनाको मृत्यु

१६ वैशाख, काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१४ कलङ्कीस्थित सडकमा बा ६१ प १५३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका-१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको आज बिहान मृत्यु भएको हो ।

बुधबार राति भएको दुर्घटनामा गम्भीर घाइते महर्जनको उपचारका क्रममा नेपाल नेशनल अस्पताल कलंकीमा बिहीबार बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ads

ads