इटलीको टापुमा २० वर्षभन्दा बढी समयदेखि एक्लै बस्दै आएका ८१ वर्षका एक वृद्ध


एजेन्सी,वैशाख १५ । इटलीको एउटा टापुमा २० वर्षभन्दा बढी समयदेखि एक्लै बस्दै आएका ८१ वर्षका एक वृद्ध बसाइँ सर्न लागेका छन् ।

माउरो मोरान्डी नामक वृद्धले सम्बन्धित निकायको दबावका कारण आफू बसाइँ सर्न लागेको बताएका छन् । उनी सन् १९८९ मा उत्तरी सार्डिनियानजिकैको बुडेलीमा बस्न गएका थिए ।

बीबीसीका अनुसार गत वर्ष मोरान्डीले गुलाबी रङ्गका समुद्र किनारका लागि चर्चित टापुका मालिकहरूले आफूलाई बसाइँ सर्न भनेको बताएका थिए ।

उनले आइतवार फेसबुकमा लेखेका छन्,‘मैले जसरी ३२ वर्ष बुडेलीको रक्षा गरेँ त्यसैगरी भविष्यमा यसको संरक्षण हुने आ‍शा गर्दै म टापु छोड्दैछु’ ।

‘हाम्रो समाजको धेरै कुराबाट म वाक्क थिएँ उपभोगवाद र इटलीको राजनीतिक अवस्था,उनले भनेका थिए । ‘मैले मानववस्तीबाट टाढा खाली रहेको पोलिनेशिया टापुमा बसाइँ सर्ने निर्णय गरेँ । म प्रकृतिको नजिक नयाँ जीवन सुरु गर्न चाहन्थेँ ।’

इटली सरकारलाई उनलाई त्यहाँ रहन अनुमति दिन माग गर्दै गरिएको एउटा अभियानमा ७० हजार जनाभन्दा बढीले हस्ताक्षर गरेका थिए ।

तर आइतवार उनले बसाइँ सर्ने निर्णय गरेपछि द गार्जियन पत्रिकालाई भने,‘ म नजिकैको टापुको एउटा सानो घरमा बस्ने छु । मेरो जीवन खासै परिवर्तन हुँदैन,म समुद्र देख्ने नै छु ।’

ads

ads