ऐतिहासिक बज्रयोगिनीको जात्रा आजबाट सुरु

भक्तपुर, वैशाख १४ । साँखु अर्थात संखरापुरमा करिब ९०० बर्ष भन्दा पुरानो जात्रा बज्रयोगिनी आजबाट सुरुवात भएको छ ।

राजा संखदेवले कालिगढ संम्बत १८०१ मा संखरापुर बस्ती “हालको साँखु” बसालेको भन्ने इतिहास मान्यता रहेको पाइन्छ । राजा संखदेवले बस्ती बसालिसकेपछी कालिगढ संम्बत १८१८ बाट बज्रयोगिनीको जात्रा सुरुवात भएको मान्यता रहिआएको छ ।

यो जात्रा साँखु माथी रहेको बज्रयोगिनीको मन्दिरबाट भगवानमा खटमा राखी तल साँखु बजारमा ल्याए सङ्गै सुरु हुन्छ ।

८ रात ९ दिन चल्ने यो जात्रा काठमाडौको पुरानो जात्रा मध्ये एक रहेको स्थानिय बासिहरू बताउछन् । आज बजारमा ल्याइएको बज्रयोगिनीको खटलाइ साँखु स्थित चलाखु टोलमा ४ दिन राखेपछी बजार परिक्रमा गराइने चलन रहिआएको छ ।

बज्रयोगिनी क्षेत्रलाइ बज्राचार्य हरुको उत्पती थलो समेत मानिन्छ ।

ads

ads