इन्द्रावती गाउपालिका कमिटी संयोजकमा सशिनाथ आचार्य

सिन्धुपाल्चोक । आज बसेको इन्द्रावती गाउँ कमिटि विस्तार बैठकले सशिनाथ आचार्यलाई संयोजकको जिम्मेवारी दिएको छ ।

पुर्व मन्त्री एवं नेकपा ( एमाले ) केन्द्रिय कार्यालय सचीव शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा भुजुङ लामाको अध्यक्षतामा बसेको बैठकले आचार्यलाई संयोजकको जिम्मेवारी दिएको हो ।

बैठकमा युवाहरुको सक्रिय सहभागिता रहेको थियो ।

बैठकमा बोल्दै पुर्व मन्त्री शेरबहादुर तामाङले भने,”सिन्धुपाल्चोक जिल्लालाई एक ढिक्का बनाएर लैजान सबै जना लाग्नु पर्ने बताउनुभयो”

त्यस्तै संयोजकको जिम्मेवारी पाएका आचार्यले इन्द्रावती गाउँपालिकालाई सांगठनका हिसाबले देशकै नमुना गाउँपालिका बनाउने प्रतिबद्धता जनाउनु भयो ।

ads

ads