वायुसेवा निगमको टिकट अब क्युआर कोडबाट भुक्तानी गर्न सकिने

काठमाडौं, वैशाख १३ । नेपाल वायुसेवा निगमको टिकट क्युआर कोडबाटै रकम भुक्तानी गर्न मिल्ने भएको छ ।

निगम र नेपाल बैंकको सहकार्यमा हवाई टिकटको डिजिटल भुक्तानी क्युआर कोड स्क्यान प्रणाली सोमबारदेखि प्रारम्भ गरिएको हो ।

निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रूपमा क्युआर कोडको सुुरुवात गरेका हुन् ।

निगमका महाप्रवन्धक पौडेलले उक्त कार्यक्रममा बोल्दै,”बदलिँदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन बढ्दै गएको र यसका अतिरिक्त निगमले आगामी दिनमा थप अत्याधुनिक सेवाहरू जोड्दै जाने र मुलुकको पहिलो बैंकसँग राष्ट्रिय ध्वजाबहाक वायुसेवा निगम भुक्तानी प्रणालिमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै यसबाट दुर्गम र गाँउ-गाउँबाट टिकट काट्न र भुक्तानी गर्न सहज हुने अपेक्षा गरिएको बताए ।”

बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले निगमको वित्तीय कारोबारमा आफ्नो सहभागिता सहित नयाँ प्रविधि व्यवस्थित गर्ने अवसर पाएकोमा प्रसन्नता व्यक्त गरे । उनले भविष्यमा उल्लेखनीय एंव स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यसैगरि, उनले निगमसँग पुनः सहकार्य गर्ने अवसर पाएकोलाई बैंकले उपलब्धिका रूपमा लिएको बताए ।

ads

ads