सलमान खानको बहुप्रतिक्षित फिल्म ‘राधे’ को ट्रेलर सार्वजनिक

एजेन्सी । अभिनेता सलमान खानले आफ्नो सामाजिक सञ्जालमार्फत बहुप्रतिक्षित फिल्म ‘राधे योर मोस्ट वान्टेड भाई’ को ट्रेलर सार्वजनिक गरेका छन् ।

त्यसयता,अहिले यो ट्रेलरलाई सामाजिक सञ्जालमा धेरैले शेयर तथा लाइक गरिरहेका छन् ।

ट्रेलर हेर्दा सलमान खान यस फिल्ममा दमदार इन्काउर स्पेशलिस्टको भूमिकामा छन् ।

यसअघि २००९ मा प्रदर्शनमा आएको ब्लकवस्टर फिल्म वान्टेडमा पनि सलमान यस्तै भूमिकामा थिए,वान्टेडकै केही डायलग यस फिल्ममा पनि सलमानले दोहोयाएका छन् । त्यतिबेला सलमानको पात्रको नाम पनि राधे नै थियो ।

एक्सन थ्रिलर राधेलाई प्रभुु देवाले निर्देशन गरेका हुन् । यस फिल्ममा दिशा पटानी,रणदीपक हुडडा र ज्याकी श्राफको पनि अभिनय छ । सलमानको यो फिल्म १३ मेई अर्थात् इदको अवसरमा सिनेमाघर र ओटिटी प्लेटफर्ममार्फत रिलिज हुनेछ ।

ads

ads