प्रधानमन्त्री निवास बालुवाटारमा नेताको डिनर मिटिङ

काठमाडौं, वैशाख ९ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले एकता अभियान चलाइरहेका वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुइ नेताको डिनर मिटिङमा कानूनमन्त्री लीलानाथ श्रेष्ठ र एमाले प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए ।

भेटको तस्वीर सार्वजनिक गर्दै प्रमुख सचेतक भट्टराई आफ्नो फेसबुकमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रधानमन्त्रीसँगको संवादपछि उहाँले भन्नुभयो-केपी ओली देशको प्रधानमन्त्री हो, नेकपा (एमाले) को अध्यक्ष हो । तर उहाँसँगको मेरो सम्बन्ध पदका कारणले बनेको होइन, जमानादेखिको हो र अटुट रहिरहने छ ।

अब कमरेड वामदेव गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि ’।

ads

ads