कोरोना महामारी बीच सिटिजन्स बैंकको खुदनाफा ४१.६१ प्रतिशत

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा लोभलाग्दो प्रगति गरेको छ । कोरोना महामारीका बीच सिटिजन्सले खुदनाफा ४१.६१ प्रतिशतले बढाएको छ ।

चैतसम्म बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ९ करोड रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणमा ९ महिनाको अवधिमा ४५ करोड ४० लाख रुपैयाँ खुदनाफा बढाएको उल्लेख छ । सो नाफाबाट सेयरधनीलाई १ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकले यो अवधिमा २ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब २४ करोड ४८ लाख रुपैयाँ मात्रै थियो। बैंकको प्रति सेयर आम्दानी समेत बढेको छ ।

बैंकको प्रति सेयर आम्दानी १६.८७ बाट बढेर २०.७२ रुपैयाँ पुगेको छ। बैंकको निक्षेप १ खर्ब २७ अर्ब र कर्जा लगानी १ खर्ब ८ करोड रुपैयाँ पुगेको छ।

ads

ads