रूरू जलविद्युतको आइपिओ आज बाँडफाँड हुँदै

रूरू जलविद्युत आयोजनाको आइपिओ आज शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार आइपिओ बाँडफाँडको तयारी सकिएको छ।

कम्पनीको आइपिओ करिब १६ लाख ७१ हजारले भरेका छन्। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा २० रुपैयाँ थपेर प्रतिकित्ता १२० रुपैयाँ मूल्यमा आइपिओ निष्कासन गरेको हो। सर्वसाधारणका लागि ३ लाख ७९ हजार १६७ कित्ता सेयर बिक्रि गरिनेछ।

यस हिसावले ३७ हजार ९ सय १० जनाले १० कित्ताका दरले र तिमध्येबाट ७ जनाले ११ कित्ताका दरले सेयर पाउने संभावना छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ छ। प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा छ।

कम्पनीको वित्तीय विवरणअनुसार प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ छ। कम्पनीले गुल्मी जिल्लामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ। धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ताका दरले बाँडफाँड गर्नुपर्नेछ। यो कम्पनीमा सबैलाई १० कित्ताका दरले बाँडफाँड गर्न पुग्दैन।

३७ हजार ९ सय १० जनालाई १० कित्ताका दरले बाँडफाँड गरेपछि ७ कित्ता बाँकी रहन्छ। त्यसैले ७ कित्तालाई १–१ कित्ताका दरले तिनैमध्येबाट ७ जनालाई थपेर दिइनेछ।

ads

ads