लुई भिटाको हवाइजहाज डिजाइनको ब्याग ‘भाइरल’

एजेन्सी, २०७८ वैशाख १ । यतिबेला लुई भिटाको हवाइजहाज डिजाइनको ब्याग भाइरल भइरहेको छ ।

लुई भिटाकामो क्रियटिभ निर्देशक भर्गिल अब्लोले गत जनावरीमा पेरिसमा लुई भिटाको नयाँ ब्याग सार्वजनिक गरेका थिए । ब्याग हवाइ जहाज जस्तै आवरणमा थियो । अहिले सोही ब्याग भाइरल बनेको हो ।

भर्गिल अब्लो फेसन लेभल अफ–ह्वाइटका संस्थापक समेत हुन् । उनले पुरुषहरूलाई हुने खालको हवाइजहाज डिजाइनको पर्स डिजाइन गरेका हुन् । यसको मूल्य अमेरिकी डलर ३९ हजार तोकेको छ । अर्थात् नेपाली ४७ लाख ३ हजार रुपैयाँ बढी पर्छ ।

गत वर्षको ग्रीष्ममा पनि अब्लोले साङ्घाइमा विभिन्न जनावर र खेलौनाको आकारमा बनेका ब्यागहरू सार्वजनिक गरेका थिए ।

अब्लो पहिलो डिजाइनर भने होइनन्, जसले यस्तो रोचक डिजाइनमा ब्याग बनाएर सार्वजनिक गरे ।

अमेरिकी डिजाइनर थोम ब्राउनले यसअघि हेक्टर ब्याग सार्वजनिक गरेका थिए । जुन निकै रोचक डिजाइनमा छ ।

डिजाइनर थोमले यो ब्याग डास्हुन्ड प्रजातिको कुकुरबाट प्रेरित भएर बनाएका हुन् । यसको मूल्य अमेरिकी डलर २६ हजारदेखि ३० हजारसम्म छ ।

ads

ads