रवि लामिछानेकाे पहलमा बनेको रास्काेट अस्पतालमा आजदेखि स्वास्थ्य सेवा सुरू

काठमाडाैं । सञ्चारकर्मी रवि लामिछानेकाे पहलमा कालिकाेटमा निर्माण भएकाे रास्काेट अस्पतालमा आजदेखि स्वास्थ्य सेवा सुरू भएकाे छ ।

१५ शय्या क्षमताको अस्पताल ६ करोड २२ लाख लागतमा निर्माण भएकाे हाे ।

मंगलबार आयोजित अस्पताल भवन हस्तान्तरण तथा शुभारम्भ कार्यक्रमका लागि रवि लामिछाने पनि रास्काेटमा पुगेका छन् ।

अस्पताल निर्माणका लागि देश तथा विदेशका विभिन्न ठाउँबाट सहयाेग संकलन गरिएकाे थियाे ।

अस्पतालकाे आकस्मिक कक्षमा पाँच शय्या छ । यहाँ एमबिबिएस गरेका चिकित्सक पनी रहेका छन् ।

ads

ads