राजनिती हिसावले राजनेताको तुलना गर्दा प्रचण्ड कि केपी ओली भन्नू उचित हुदैन : नेता शेरबहादुर तामाङ

काठमाडौं । जनप्रिय खबर द्वारा प्रसारित कार्यक्रम ‘राजनीति र राजनेता कार्यक्रममा नेता शेरबहादुर तामाङले ‘राजनिती हिसावले राजनेताको तुलना गर्दा प्रचण्ड कि केपी ओली भन्नू उचित हुदैन’ बताएका छन । उनले भने,”किनभने हामीले जुन दृष्टिकोण बोकेर राजनिती हिसावले द्वन्दलाई अन्त्य गर्न लागी परेका छौं ।

उक्त कुरा उनले ‘राजनिती हिसावले राजनेताको तुलना गर्दा प्रचण्ड कि केपी ओली?’ भन्ने प्रश्नको जवाफमा फर्काएका थिए ।

प्रचण्डलाई राजनेता मान्न नसकिने कारणहरू के के हुन्?

प्रश्नमा उनले यसो भने,”उहाँ तपाईंको चाहिँ एकहिसावले दृष्टिकोण बोक्नु भयो र पछिल्लो शताव्दीमा हामी हिंस्रक द्वन्दबाट समस्या समाधान हुन्छ,भन्ने कुरामा हामी छैनौं ।

त्यो कुरा हामीले धेरै पहिला हिंस्रक द्वन्द होइन हामी बुलेट बाट होइन व्यालेटबाट समाधान गर्न सकिन्छ । समाजमा रहेको द्वन्दहरूलाई न्युनीकरण व्यालेटबाट गर्न सकिन्छ बुलेटबाट होइन भन्ने दृष्टिकोण हामीले राखेका छौं ।”

उहाँ अहिले पनि हिंस्रक चेतनामा नै रहनु भएको छ भन्ने ?

उहाँको त्यो चेतनामा ६२-६३ को १२ बुदें समजदारी पछि त्यो चेतनामा कमी आयो । त्यो चेतना उहाँले छोड्नु भयो । हामीले उहिल्यै भनेको व्यालेकबाट निस्कन्छ है, भनेको उहाँ सहमती हुनुभयो । व्यालेकबाट निस्कने सहमतिमा भईसके पछि आज अर्कै पाटि बनाएर हिड्नु पर्ने त्यो त हामीलाइ लाग्दैन र त्यसपछि हामीले एकीकरण पनि गर्यौं ।

एकीकरण गरेपछि उहाँको हिजोको जुन मनोविज्ञानबाट जुन क्लास लिएर जानू भयो । जुन तपाईंले सिकाइहरू सिकेर आउनुभयो । त्यसै खालका एप्लाइहरू एकीकरण पश्चात् पनि गर्न खोजे पछाडि फेरि द्वन्द बढ्यो ।”

ads

ads