गोंगबुस्थित गोदावरी सन्तोषी गेष्टमा एक पुरूष मृत फेला

काठमाडौं, चैत २९ काठमाडौंको गोंगबुस्थित गेष्ट हाउसमा पुरूष मृत फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। गोंगबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

उनीसँग सोही होटलमा बसेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको हो । सो कोठा राजु क्षेत्रीको नामबाट बुक गरिएको गेस्ट हाउसको रेकर्डमा देखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

ads

ads