आधुनिक सुविधासहितको रेड्मी नोट–१०, के के छन् नयाँ फिचर ?

आधुनिक सुविधासहित रेड्मी नोट–१० बजारमा ल्याइएको कम्पनीले बताएको छ। शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले फोनमा विशेषगरि क्यामरा, डिस्प्ले र कार्य क्षमतालाई जोड दिएको बताए।

यसमा ६.४३ इञ्चको डिस्प्ले छ। फोन सुरक्षाको लागि साइड–माउन्टेट फिङ्गर प्रिन्ट स्क्यानरको सुविधा छ। यसमा स्टेरियो स्पिकर गरिएकाले बिना अवरोध आवाज सुन्न सकिन्छ।

फोनमा ४ क्यामरा दिइएको छ। जसमा ४८ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रा वाइड, २ मेगापिक्सल म्याक्रो र २ मेगापिक्सल डेप्थ क्यामरा छ। त्यस्तै, सेल्फीका लागि १३ मेगापिक्सलको क्यामरा छ। यो तीनवटा भेरियन्टमा उपलब्ध छ।

४ जिबी र्‍याम र ६४ जिबी स्टोरेजको २१ हजार ९ सय ९९ र ४ जिबी र्‍याम र १२८ जिबी स्टोरेजको २२ हजार ९ सय ९९ र ६ जिबी र्‍याम र १२८ जिबी स्टोरेजको २४ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।

फोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिइएको छ। यो फ्रस्ट ह्वाइट, एक्वा ग्रीन र स्याडो ब्ल्याक गरी तीन रङमा उपलब्ध छ।

ads

ads