गर्मी मौसममा खरबुजा खानुको यस्ता छन्‌ फाईदा

गर्मी मौसममा खरबुजा खानुको धेरै फाईदा छन्‌। ती मध्ये केही फाईदाहरुको बारेमा आज हामीले चर्चा गर्दैछौँ।

१. खरबुजामा पोटासियम र म्याग्नेसियम पाइन्छ जसले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

२. खरबुजा फाइबर प्रशस्त मात्रामा पाइन्छ जसले तपाईंको पाचन तन्त्रलाई सुधार्न मद्दत गर्छ ।

३. तीब्र रुपमा तौल कम गर्न चाहनुहुन्छ भने खरबुजालाई आफ्नो खानाको हिस्सा बनाउनुहोस् ।

४. खरबुजामा फोलिक एसिड पाइन्छ । यसले रगत डल्लो पर्न दिँदैन । खरबुजाको सेवन गर्दा महिनावारी भएको बेलामा मांसपेशी अँठिने समस्या हुँदैन र पीडामा राहत हुन्छ ।

५. खरबुजामा भिटामिन सी प्रशस्त हुन्छ । यसले सेतो रक्तकोशिका बढाएर रोगप्रतिरोधक क्षमतालाई बलियो बनाउँछ । खरबुजा खाँदा शरीर स्वस्थ रहन्छ अनि भाइरस र ब्याक्टेरियाको संक्रमण हटाउँछ । यसले पेटको अल्सर समेत रोक्छ ।

६. खरबुजामा भिटामिन ए बीटा क्यारोटिन पाइन्छ । यसले आँखाको तेज बढाउन र मोतियाविन्दुको खतरा घटाउन मद्दत गर्छ । भिटामिन ए छालाको बाहिरी कोशिकाका लागि पनि लाभदायक हुन्छ ।

७. गर्मीको मौसममा पसिना आउँछ । पसिनामार्फत आवश्यक खनिज बगेर जान्छन् जसले गर्दा शरीरमा इलेक्ट्रोलाइटको सन्तुलन बिग्रन्छ । खरबुजामा सोडियम र पोटेसियम उचित मात्रामा हुन्छ जसले इलेक्ट्रोलाइटको सन्तुलन कायम राख्न मद्दत गर्छ ।

ads

ads