सरुभक्तको नयाँ उपन्यास “प्रतिगन्ध” चाडै आउँदै

काठमाडौं । सरुभक्तको नयाँ उपन्यास ‘प्रतिगन्ध’ दसैंको संघारमा उनको जन्मस्थल पोखरामा सार्वजनिक हुने भएको छ । १२ वर्षपछि आउन लागेको उनको यो उपन्यास आख्यानका पाठकका लागि बहुप्रतीक्षित रहेको प्रकाशकको भनाइ छ ।

उपन्यासबारे सरुभक्त भन्छन्, “पृथ्वीमा मानवइतरका प्राणीहरू प्राकृत गन्धले चिनिन्छन् भने मानवहरू आत्मिक गन्धले । यसको पछाडि निश्चय पनि सभ्यताको इतिहास जिम्मेवार हुन्छ । तर समकालीन विश्व परिवेश बदलिएको छ । यस बदलिएको परिवेशमा नेपाली आख्यान विधाको एक भिन्न चित्रण हो– प्रतिगन्ध ।”

‘पागल बस्ती’ उपन्यासका लागि २०४८ सालको मदन पुरस्कार प्राप्त गरेका सरुभक्तका ‘समय त्रासदी’, ‘तरुनी खेती’ र ‘चुली’ उपन्यास चर्चित छन् । ४९६ पृष्ठको उपन्यासको मूल्य ५९९ रुपैयाँ राखिएको छ । उपन्यास यही असोज १२ गते शनिबार सार्वजनिक हुने तय भएको छ ।

ads

ads