पत्रकार महासंघ नुवाकोटको निर्वाचनमा, मतगणनाका क्रममा धाँधली

नुवाकोट, चैत २६ । हिजो भएको नेपाल पत्रकार महासंघ नुवाकोटको निर्वाचनमा उमेदवार बनेका पार्टी कार्यकर्ताको समुहले मतगणनाका क्रममा धाँधली एवम उमेदवार रहेका वास्तविक पत्रकारमाथी हातपात गरेका छन ।

महासंघमा अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षका उमेदवार रहेका वास्तविक पत्रकारहरुले कानुन अनुसार बदर हुने मत गणना हुन नसक्ने अडान राखेपछि ती सबैलाइ बाहिर राखेर एक पक्षीय रूपमा मतगणना गरी नतिजा सार्वजनिक गरिएको छ । बदर हुने मत गनेर कांग्रेस, माओवादी र गैरपत्रकारको बाहुल्यता रहेको कपिल खनाल प्यानलको जित भएको घोषणा गरिएको छ ।

स्वतन्त्र पत्रकार समुह, प्रेस चौतारी नेपाल र जनपत्रकार संगठनबाट उमेदवारी दिएकाहरुले तीन तहको मतदान मध्ये जिल्लाको मतदानका क्रममा मतपत्रमा संकेत राखेर मतदान गराइएकाले त्यो बदर हुनुपर्ने माग गरेका छन । ती संगठनका उम्मेदवारहरूले निर्वाचन समितिमा उजुरी नै गरेका छन । यद्यपी निर्वाचन समितिमा रहेका माओवादी कार्यकर्ताहरूले जवरजस्ती मतगणना गरेका हुन ।

अध्यक्षका उम्मेदवार नारायणप्रसाद नेपाल, उपाध्यक्षका उम्मेदवारद्धय नवदिप श्रेष्ठ र रूपा अर्याल, कोषाध्यक्षको उम्मेदवार गमला लामा र केन्द्रीय परिषद् सदस्यका उम्मेदवार देवचन्द्र भट्टले संकेत भएका मतपत्रमार्फत कुन मतदाताले कुन उमेदवारलाई मत दिएको थाहा हुने र यो मतदाताको गोपनियताको हक तथा निष्पक्ष निर्वाचनको मान्यता बिपरित रहेकाले यो प्रकृया अबैध रहेको बताएका छन । उनीहरूले जिल्लाको निर्वाचन समितिमा गरिएको उजुरीको सुनुवाइ नभएकाले केन्द्रीय निर्वाचन समितिमा उजुरी गरेका छन ।

निर्वाचन आचारसंहिता अनुसार बदर हुने मत गन्न नसकिने अडान राख्दा उपाध्यक्षकी उम्मेदवार रूपा अर्यालमाथि गैरपत्रकारको प्रतिनिधित्व गर्दै महासंघमा उम्मेदवार भएका केही ब्यक्तीले हातपात गरेका थिए । त्यसपछि बदर हुने मत गन्न नपाइने अडान राख्ने बास्तबिक पत्रकारहरुको टोली बाहिरिएको थियो ।

ads

ads