संसदले काम गर्न नसकेको दोष सरकारलाई भन्दा सभामुखलाई बढी जान्छः सांसद पण्डित

२६ चैत, काठमाडौं । नेकपा एमालेका सांसद लालबाबु पण्डितले संसदले काम गर्न नसकेमा सरकारमाथि नभई सभामुखमाथि प्रश्न उठ्ने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दे पण्डितले संसदमा अहिले पनि ६५ विधेयक भएको तीलाई अगाडि नबढाइएको दाबी गरे ।

प्रतिनिधिसभाको यो विधेयक अधिवेशनमा एउटा पनि विधेयक पारित नभएको भन्दै उनले संसदले काम गर्न नसकेको दोष सरकारको भन्दा सभामुखको बढी हुने बताए । संसदले काम गर्न नसक्दा त्यो प्रश्न सभामुखतिर पनि उठ्ने भन्दै कुन पार्टीले त्यो रोकिरहेको छ भनेर जानकारी सांसदले पाउनुपर्ने बताए।

एकतर्फी रुपमा सरकारले काम दिएन, संसदको काम छैन, जनताका समस्या सरकारले बुझ्न सकेन भन्यो भने के हुन्छ, पूर्वाग्रह भन्दा केही हुँदैन’ उनले भने । ‘संसदले काम गर्न सकेन भन्ने प्रश्न उठ्छ भने त्यो प्रश्न त्यो सभामुखप्रति पनि उठ्छ,’ उनको भनाइ छ, ‘कुन राजनीतिक पार्टीले रोकेको छ, विधेयक अगाडि बढाउन रु प्रधानमन्त्रीले रोक्नु भएको छ कि कुन मन्त्रीले रोक्नु भएको रु बाधा अरोध छ भने सांसदलाई जानकारी हुनुपर्छ ।

ads

ads