म्यानमारका नागरिकको जीवन रक्षाका लागि निधारमा कालोपट्टी र मैनवत्तीसहित प्रदर्शन

काठमाडौं, चैत २६ चैत, काठमाडौं । म्यानमारका नागरिकहरुको जीवन रक्षाको मागसहित मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा मैनबत्ती बालेर प्रदर्शन गरेको छ । बुधबार साँझ काठमाडौंको बौद्धनाथ स्तुपा अगाडि समाजले प्रदर्शन गरेको हो ।

मानव अधिकार तथा शान्ति समाजकी अधिकृत सरिता पौडेलका अनुसार साँझ साढे ६ बजेदेखि ७ बजेसम्म प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले आँखा र निधारमा कालोपट्टी बाँधी मैनबत्ती बोकेका थिए ।

प्रदर्शनमा सहभागिहरुले बर्माका नागरिकको जीवन रक्षा गर, शान्ति बहाली गर, लोकतन्त्र बहाली गर, मानवता विरुद्धको अपराध अन्त्य गर, मानव अधिकार उल्लंघन बन्द गर, बर्मेली जनताप्रति ऐक्यवद्धता, सैनिक शासन खारेज गर लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनमा गोकर्णेश्वर नगर पालिका उपमेयर शान्ति नेपाल, वडा अध्यक्ष रमेश अर्याल, नारायण सुवेदी, राजीव थापा, मनोज ढुंगाना, वडा सदस्य सत्यभाावा श्रेष्ठसहित जनप्रतिनिधिहरुले समेत प्रदर्शनमा सहभागी भई ऐक्यवद्धता जनाएका थिए। अधिकार उल्लंघन बन्द गर’, ‘सैनिक शासन खारेज गर’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

ads

ads