क्रिष्टियानो रोनाल्डोको गोलमा युभेन्टस विजयी

काठमाडौं। इटालियन सिरी एमा युभेन्टस विजयी भएको छ। घरेलु मैदानमा युभेन्टसले नापोलीलाई २–१ ले पराजित गरेको हो।

युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो र पाउलो डिबालाले गोल गरे। नापोलीका लागि लोरेन्जो इनसिग्नीले एक गोल फर्काए।

जितसँगै युभेन्टस २९ खेलबाट ५९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टस शीर्षस्थानको इन्टर मिलानसँग १२ अंकले तथा दोस्रो स्थानको एसी मिलानसँग १ अंकले पछि छ । पराजित नेपोली ५६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

ads

ads