च्याम्पियन्स लिगमा: पीएसजीले साबिक विजेता बार्यन म्युनिखलाई हरायाे

काठमाडौं। च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ ।

पीएसजीले साबिक विजेता बार्यन म्युनिखलाई ३–२ ले पराजित गरेको छ । सन् २०१९÷२० को सिजनमा ६ उपाधि जितेको बार्यन घरेलु मैदानमा पराजित भएपछि दोस्रो लेगमा गुनरागमन कठिन बनेको छ । पीएसजीका लागि केलियन एम्बाप्पेले तेस्रो मिनेटमै गोल गरी अग्रता दिलाएका थिए ।

२८ औं मिनेटमा मार्कस कोर्रियाले गोल गरी पीएसजीलाई २–० को अग्रता दिएका थिए । पीएसजीका दुवै गोलमा नेइमारको पास थियो ।

३७ औं मिनेटमा म्याक्सिम चोउपो मोटिङले गोल गरेपछि पहिलो हाफमा २–१ को स्थितिमा पुग्यो । ६० औं मिनेटमा थोमस मुलरले गोल गरी खेल बराबरीमा ल्याएका थिए । तर ६८ औं मिनेटमा एम्बाप्पेले एंगेल डी मारियाको पासमा गोल गरी टिमलाई महत्वपूर्ण जित दिलाए । पीएसजी इतिहासमै पहिलोपल्ट च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा छ ।

ads

ads