भारतीय नागरिक मृत फेला

२५ चैत, काठमाडौं । काठमाडौंको रातोपुलमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ। भारतको कलकत्ताका ३९ वर्षीय प्रदीप मण्डल कस्मेटिक सामान बनाउने उद्योगमा काम गर्थे। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

घटनाबारे महानगरीय प्रहरी वृत्त मालीगाउँले अनुसन्धान गरिरहेको छ । केही दिनदेखि उनको स्वास्थ्यमा समस्या आइरहेको थियो।

ads

ads