माओवादीका दुई मन्त्रीले गण्डकी प्रदेश सरकारबाट राजीनामा दिने

२४ चैत, पोखरा । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् । आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ ।

माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले अब राजीनामा दिने भएका हुन् । उनीहरूले आज साँझसम्म राजीनामा गर्ने प्रतिबद्धता जनाएको माओवादी एक सांसदले बताए ।

ads

ads