‘नेपाल पत्रकार महासंघ’ को नयाँ नेतृत्वका लागि, आज चुनाव हुँदै

काठमाडौं, चैत २६ । नेपालमा रहेका नेपाली पत्रकारहरूको छाता संगठन ‘नेपाल पत्रकार महासंघ’ को नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । केन्द्रीय अध्यक्षलगायत विभिन्न पदहरूका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने भएको हो ।

केन्द्रीय अध्यक्षका लागि गजेन्द्र बुढाथोकी, निर्मला शर्मा र विपुल पोखरेल गरी तीन जना उम्मेदवार मैदानमा छन् । तीमध्ये शर्मा र पोखरेलले प्यानल बनाएर चुनाव लडेका छन् भने, बुढाथोकी स्वतन्त्र उम्मेदवार हुन् ।

शर्माको प्यानलमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट पत्रकारहरू छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियन, एमालेको माधवकुमार नेपाल समूह निकट पत्रकार र माओवादी केन्द्रको प्रेस सेन्टरले पोखरेलको नेतृत्वमा प्यानल बनाएका छन् ।

त्यस्तै प्रदेश र जिल्ला, एसोसियट र प्रतिष्ठानतर्फको नयाँ नेतृत्वको लागि पनि आजै मतदान हुँदैछ । लगभग महासंघमा १३ हजार बढी मतदाता रहेका छन् । यस्तै मतदानको लागि काठमाडौंमा तिन ओटा मतदान केन्द्र रहेका छन् ।

ads

ads