पुटिनद्वारा आफू २०३६ सम्म राष्ट्रपति बन्न पाउने कानुनमा हस्ताक्षर

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०३६ सम्म आफू क्रेमलिनमै बस्न सक्ने गरी बनेको कानुनमा सोमबार हस्ताक्षर गरेका छन् । यो कानुन गत महिना दुबै सदनबाट पारित भएको थियो ।

नयाँ कानुनले पुटिनलाई अझै दुई कार्यकाल राष्ट्रपति हुन अनुमति दिने छ । उनको अहिलेको ६ वर्षे कार्यकाल २०२४ मा सकिँदै छ ।

गत वर्ष संविधानमै संशोधन गरेर पुटिनले आफू २०३६ सम्म क्रेमलिनमा रहेन सुनिश्चितता गरेका थिए ।

६८ वर्षीय पुटिन अहिले लगातार दोस्रो कार्यकाल राष्ट्रपति बनेका छन् भने यसअघि पनि उनी दुई पटक राष्ट्रपति भइसकेका छन् । नयाँ कानुनले उनलाई ८३ वर्षको हुँदासम्म शक्तिमा रहिरहन दिने छ ।

आलोचकहरूले संवैधानिक कू भनेको पुटिनको आफ्ना लागि संविधान बदल्ने कदमलाई पारित गराउन पोहोर साल उनले पेन्सनलगायतका मुद्दासँगै जनमत संग्रह गराएका थिए ।

ads

ads