राजेश हार्डवेयरको सबै शाखामा अनुसन्धान हुने

२२ चैत, काठमाडौं । उपभोक्ता ठगीको आरोप लागेको राजेश हार्डवेयरको केन्द्रीय कार्यालयसहितका सबै शाखा अनुसन्धानको दायरामा तानिएको छ । वाणिज्य, आपूर्ति तथा उपोक्ता संरक्षण विभागको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

ग्रीलजन्य फलाम र स्टिल पाइपमा हार्डवेयरले ठगी गरेको उपभोक्ताको आरोप छ । कम तौलको सामान दिएर धेरै बिल काट्ने गरेको भेटिएको छ’ महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले उपभोक्ताले हार्डवेयर सञ्चालकलाई प्रहरी कार्यालयमा बुझाएको बताएका छन् ।

उपभोक्ता ठगीको आरोपमा हार्डवेयरका बालाजु शाखा प्रमुखलाई शुक्रबार उपभोक्ताले नै पक्राउ गरेर बालाजु प्रहरी वृत्तमा बुझाएका थिए । पक्राउ परेका व्यक्ति भारतीय नागरिक कमल शर्मा र गाडीसहितका निर्माण सामग्री शनिबार प्रहरीले आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै वाणिज्य विभागलाई बुझाएको थियो ।

तौलमा ठगी गरेको आरोपमा बालाजुस्थित राजेश हार्डवेयरका सञ्चालक पक्राउ

ads

ads