कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने

२२ चैत, काठमाडौं । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको छ ।वैठकमा माधव नेपाल पक्षधर सांसदहरु पनि सहभागी थिए ।

नयाँ निर्णयअनुसार तीन मन्त्रीले राजीनामा दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।चैत ४ गतेकै निर्णयका आधारमा दल अघि बढेको छ । आजको बैठक सौहार्दपूर्णरुपमा सम्पन्न भयो । अर्को बैठक आगामी चैत २४ गते बस्ने गरी निर्णय भएको छ,’ उनले भने ।

सबभन्दा ठूलो दल एमालेका २० सांसद छन्, जसमध्ये राजबहादुर शाही सभामुख छन् । नेपाली कांग्रेसका ६ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् । त्यसले समयको वर्वादी र विलम्ब मात्रै हुने गर्छ । आज हामी सबै उपस्थित भएका छौं । हामी नेकपा एमाले हौं ।’

ads

ads