नुवाकोटका ‘कमल लामा’ ले जिते दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि

नुुवाकोटे टाइगरले दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन् । प्रतिद्वन्द्वी डेभिडलाई लक लगाउँदै टाइगरले उपाधि हात पारेका हुन् ।

पोखरा बहुउद्देश्यीय रंगशालाको कभर्डहलमा भएको फाइनल प्रतिस्पर्धामा डेभिडले टाइगरमाथि सशक्त प्रहार गर्दै जित निकालेका हुन् । डेभिडले टाइगरलाई अचेतको अवस्थामा पुर्‍याएर खेलमा दबाब बनाएपनि नुवाकोटेले उत्कृष्ट फिनिसिङको बचाउ गरे ।

रिङमाथिबाट हाइजम्प गर्दा डेभिड घाइते बनेपछि उनी लक्ष्यमा पुग्नबाट चुकेका थिए। सोही अवसरको फाइदा उठाउँदै टाइगरले डेभिडमाथि लक लगाएर रेफ्रीको तीन काउन्टसँगै च्याम्पियन घोषित भए ।

उपाधिका साथ टाइगरले नगद एक लाख र च्याम्पियन बेल्ट प्राप्त गरे। प्रतियोगितामा उप विजेता बनेका डेभिडले नगद ५० हजार रुपैयाँ पाए । प्रतियोगितामा चट्टानले तेस्रो स्थानमा चित्त बुझाए ।

ads

ads