अब छिट्टै नयाँ सरकार बन्छ : प्रचण्ड

२१ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने दाबी गरेका छन् । शनिबार कपिलवस्तुको तौलिहवामा जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको बताएका हुन् ।

आज ४ बजेबाट घनिभूतरुपमा छलफल अगाडि बढाउने बताएका हुन् । देशको राजनीतिले कोल्टे फेरेको छ, म तपाईहरु सबैलाई बधाई भन्न चाहन्छु,’ उनले भने । नेपाली कांग्रेसको शुक्रबारको निर्णयले घटनाक्रम फेरिएको उनको भनाइ छ । भन्दै उनले भने, ‘सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ, नयाँ परिस्थिति बन्नेछ ।’

ads

ads