ताइवानमा रेल दुर्घटना हुँदा कम्ति ५० जनाको मृत्यु

२१ चैत, काठमाडौं । ताइवानमा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको छ । दुर्घटनामा केही घाइते भएका छन् । राजधानी ताइपेईबाट तैतुङतर्फ गइरहेको रेल एउटा टनेलभित्र लिकबाट छुटेर बाहिर गएको थियो।

सुरुङमार्गमा गुडिरहेको रेल लिकबाट बाहिरिएर दुर्घटना भएको बीबीसीले जनाएको छ । लिक छोडेपछि सो रेल एक लरीसँग ठोक्किएको थियो । राजधानी ताइपेइबाट ताइतुङ जाँदै गरेको सो रेलमा ५ सय जना यात्रु थिए । ताइवानमा चार दशकमा भएको यो सबभन्दा गम्भीर रेल दुर्घटना हो।

ads

ads