तौलमा ठगी गरेको आरोपमा बालाजुस्थित राजेश हार्डवेयरका सञ्चालक पक्राउ

काठमाडौं चैत २०, तौलमा ठगी गरेको आरोपमा बालाजुस्थित राजेश हार्डवेयरका सञ्चालकलाई उपभोक्ताले प्रहरीमा बुझाएका छन् । प्रति १ सय किलो सामान किन्दा १० किलो ठगेको भेटेपछि उपभोक्ताले हार्डवेयर सञ्चालक कमल शर्मालाई प्रहरीको जिम्मा लगाएका हुन् । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गुणस्तर परीक्षण गर्ने सरकारी प्रतिनिधि पनि महानगरीय प्रहरी वृत बालाजुमा पुगेका छन् ।

ग्रीलजन्य फलाम र स्टिल पाइपमा हार्डवेयरले ठगी गरेको उपभोक्ताको आरोप छ । कम तौलको सामान दिएर धेरै बिल काट्ने गरेको भेटिएको छ’ महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले उपभोक्ताले हार्डवेयर सञ्चालकलाई प्रहरी कार्यालयमा बुझाएको बताएका छन् ।

शुक्रवार ग्रीलजन्य सामान खरिद गरेपछि उपभोक्ताले पुनः तौल लिएका थिए । तौल कम भएपछि उनीहरुले बाणिज्य विभाग र गुणस्तर कार्यालयमा खबर गरेका थिए । काँटामा बस्ने कर्मचारीले सहि तौल पठाएको तर, बिल काट्नेले ओजन बढाएर बिल काटेको उपभोक्ताको आरोप छ ।

ads

ads