बाह्रौं राष्ट्रिय बाल नाटक महोत्सवको नतिजा शनिबार घोषणा हुने

काठमाडौं । बाह्रौं राष्ट्रिय बाल नाटक महोत्सवको नतिजा शनिबार घोषणा गरिने भएको छ ।

शैली थिएटर नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान र रुसि विज्ञान तथा साँस्कृतिक केन्द्रद्वारा संयुक्त रूपमा आयोजित ‘बाह्रौं राष्ट्रिय बाल नाटक महोत्सव’ अन्तरगत चैत १ गते बाट चैत १२ गते सम्म जम्मा बाह्र भिडियो नाटक प्रसारण गरिएका थियो ।

जसमध्ये बाट उत्कृष्ट तीन नाटक छुट्याउने जिम्मेवारी निर्णायक मण्डलमा दिइएको थियो ।

उक्त निर्णायक मण्डलीमा आदरणीय रङ्गकर्मी, कलाकार लुनिभा तुलाधर र त्रि.वि. उप- प्राध्यापक, समालोचक तथा लेखक डा.अशोक थापाको रहनु भएको थियोे ।

नाटकलाई विभिन्न कोणबाट मुल्याङ्कन गरि तयार गर्नु भएको नतिजा घोषणा गर्ने कार्यक्रम यति मिति २०७७/१२/२१ गते शनिबार साँझ ७ बजे शैली थिएटरको युटुब च्यानल मार्फत भर्चुअल रुपमा हुने महोत्सवका संयोजक सरस्वती अधिकारीले जानकारी दिनुभयो

सम्पुर्ण सहभागी नाट्य समूह, नाटक प्रेमी दर्शक, संचारकर्मी मित्रहरु साथै शुभचिन्तकहरुमा शुभकामना पनि उहाँ ले व्यक्त गर्नुभयो ।

ads

ads