ताइवानको पूर्वी क्षेत्रको सुरुङमा रेल दुर्घटना हुँदा दर्जनौं यात्रीको मृत्यु

ताइवान । ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको रेल दुर्घटनाग्रस्त भएको छ ।

ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् । उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् । प्रहरीले कम्तीमा ३६ जनाको मृत्यु भएको जनाएको छ । भने, अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको जनाएको छ ।

उद्धार गरिएका ६० जनालाई भने अस्पताल पुर्याइएको छ । अधिकारीहरुले तटीय शहर हुलियान नजिकको सुरुङ नजिक एउटा मर्मत कार्यमा प्रयोग गरिएको सवारी साधनले तीव्र गतिमा दौडिरहेको रेललाई ठक्कर दिएको अनुमान गरेका छन् ।

हुलियान शहरका प्रहरी प्रमुख चाई डिङ हेसियानले निर्माणकार्यमा प्रयोग भइरहेको एउटा सवारी साधन रेलको लिकमा खसेका कारण रेल दुर्घटना भएको बताउनुभयो ।
स्थानीय सञ्चार माध्यमले रेलको नजिकै एउटा ट्रक क्षतविक्षत अवस्थामा रहेको तस्वीर प्रकाशन गरेका छन् । उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान ९:३० बजे भएको थियो ।

ads

ads