दैनिक आयात गर्ने सुनको कोटा बढाएर २० किलो पुर्‍याइयो

१९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २० किलो पुर्‍याएको छ ।कोरोना महामारी अघि सुन आयत दैनिक माग धेरै हुने समयमा २५ केजी र सुख्खा समयमा प्रतिदिन २० केजी आयत गर्न पाइन्थ्यो ।

कोरोना महामारीलाई देखाएर गत वर्ष सरकारले प्रतिदिन सुन आयातको परिमाण १० किलोमा झारेको थियो । यसअघि धेरै माग हुने समयमा दैनिक २५ र सुख्खा सिजनमा प्रतिदिन २० किलो सुन आयात गर्न पाइन्थ्यो । यस अघि सुनको कोटा बढाउनु पर्‍यो भनेर नेपाल सुनचँदी व्यवसायी महासंघका पदाधिकारीले माग गरेका थिए ।

आफूहरुले माग गरेकोभन्दा कम मात्रामा आयात परिमाण बढाइएको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । तर, राष्ट्र बैंकले २० केजी मात्र आयात गर्न दिने परिपत्र जारी गरेपछि महासंघका पदाधिकारी भने सन्तुष्ट छैनन् ।

ads

ads