नेपालको आर्थिक वृद्धिदर (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

१८ चैत, काठमाडौं । कोभिड-१९ विरुद्धको खोपको वितरण र यसले सिर्जना गरेको सहज गतिविधिका कारण अर्थतन्त्रमा तीव्र सुधारको संकेत देखिएको छ । यसमा तीब्र गतिमा सुधार हुने संकेत गर्दै विश्व बैंकले यो वर्ष २.७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान गरेको हो । साथै सन् २०२३ मा ५.१ प्रतिशतले अर्थतन्त्र पुनर्उत्थान हुने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकको प्रक्षेपण अनुसार यो बीचमा भारतले अर्थतन्त्रमा लोभलाग्दो सुधार गर्ने भएको छ । गत आवमा भारतको आर्थिक वृद्धिदर माइनस ८.५ प्रतिशत रहेको थियो । यसमा ठूलो सुधार हुँदै चालु आवमै १०.१ प्रतिशत सम्म आर्थिक वृद्धिदर पुग्नेछ । त्यसपछिका दुई वर्षमा क्रमशः ५.८ प्रतिशत र ६.५ प्रतिशतको वृद्धिदर कायम रहने छ । दक्षिण एसियामा भएको आर्थिक वृद्धि दर ऐतिहासिक हुनुमा कोभिड–१९ विरुद्धको भ्याक्सिनका अभियानको कारणले भएको विश्व बैंकले जनाएको छ ।

साथै बैंकले नेपालसहित बंगलादेश र पाकिस्तानको जीडीपीको आकार पनि वृद्धि हुने आशा गरेको छ । यसो हुनुमा रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि कारण रहेको उल्लेख छ । यद्यपि कोरोना भाइरसले सिर्जना गरेको परिस्थितिले उत्पन्न चुनौतीहरु भने अहिले पनि कायम नै रहेको विश्व बैंकको भनाइ छ ।

ads

ads